Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Saptari

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Saptari

Monday, Ashadh 29, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

सप्तरी जिल्लाको परिचय

जिल्लाको सामान्य परिचय:

            नेपालको प्रदेश २ को सबैभन्दा पूर्वमा अवस्थित सप्तरी जिल्ला समुन्द्री सतहबाट ६८ मि. देखी ४५७ मिटरको उचाईमा २६.२२ मिनेट उत्तरी आक्षांश र ८६.४५ मिनेट पूर्वी देशान्तरमा फैलिएर रहेको छ । तराईको समथर भुभागले ६३% र चुरेक्षेत्रले ३७% भुभाग ओगटेको यस जिल्लाको पूर्वपश्चिम लम्वाई ५९ कि.मि. र उत्तर दक्षिण चौडाई सरदर२३कि.मि. रहेको छ । सप्तरी जिल्लाको हालको सीमाना पूर्वमा सप्तकोशी नदी, पश्चिममा सिरहा जिल्लालाई छुट्याउने बलान खोला, उत्तरमा उदयपुर र दक्षिणमा भारत विहारको सुपौल र मधुवनी जिल्लाहरु पर्दछन् ।

 

क्षेत्रफल

१३५९.२८ व.कि.मि.

जनसंख्या

,३९,२८४           १) महिला            – ३२५४३८ (५०.९१५)

                                २) पुरुष               – ३,१३,८४६ (४९.०९५)

घरधुरीसंख्या        – १,२१,०९८

भाषा

  • मैथली         – ७९%
  • थारु           – १०%
  • नेपाली        – ४%
  • उर्दु             – ४%
  • अन्य           – ३%

जातियसमूह

 

  • यादव         – १६%
  • थारु           – १२%
  • मुसलमान    – ९%
  • तेली           – ७%
  • धानुक         – ७%

 

 

  • मुसहर        – ६%
  • खत्वे                   – ६%
  • चमार/हरिजन       – ४%
  • अन्य                  –३३%

 

साक्षरता

कुल जनसंख्याको जम्मा साक्षरता        – ५५%

                (पुरुष –६७ % र महिला ४३%)

.    धार्मिक अवस्था :

            यो जिल्ला हिन्दू बाहुल्यता भएको जिल्ला हो तथापि यहाँ मुस्लिम, बौद्ध र क्रिश्चियन धर्मावलम्बीको समेत बसोवास रहेको पाइन्छ । धर्मावलम्वीका हिसावले जिल्लामा ८५.७% हिन्दु, ८.९% मुस्लिम, ४.७% बौद्ध र न्यून संख्यामा ईसाई धर्मावलम्वीहरु समेत रहेको । हिन्दु बाहुल्यताका कारण अन्य धर्मावलम्वीहरु उल्लेख्य वर्चश्व नदेखिएतापनि जिल्लाको राजमार्ग उत्तरका क्षेत्रहरुमा क्रिश्चियन धर्म प्रतिको लगाव बढदै गएको देखिएको ।हालसम्म जिल्लामा धर्म प्रति कटुतापूर्ण व्यवहार भई ठूला सांप्रदायिक एवं धार्मिक विद्वेष भएको नपाइएकोले सद्भाव कायम रहेको पाइएको । अन्य धर्मका ठुला र चर्चित मठ, मस्जिद र गिर्जाघर नरहे तापनि हिन्दु धर्मका निम्न मन्दिरहरु रहेको ।

१) छिन्नमस्ताको सखडेश्वरी मन्दिर

२) भारदहको कंकालिनी मन्दिर

३) राजविराजको राजदेवी मन्दिर

४) हनुमाननगरको हनुमान मन्दिर

५) रुपनगरको विष्णु मन्दिर

६) रुपनीको शनि मन्दिर

७) महादेवाको अंकुरी महादेवा मन्दिर

८) शम्भुनाथ स्थित शिव मन्दिर

.    आर्थिक स्थिति :

अन्नको भण्डारका रुपमा रहेको यस जिल्ला नेपालकै सबै भन्दा पुरानो चन्द्र नहर, कोशी पश्चिम नहर लिफ्ट सिंचाइ प्रणाली र अन्य नदीको नहर सिँचाई प्रणाली र ट्यूवेल/वोरिङ्गको माध्यमबाट हाल सिंचाई हुदै आएको । तथापि उक्त सिंचाई अपर्याप्त रहेको । यहाँको मुख्य पेशा कृषि नै रहेको र जिल्लाको कुल जनसंख्याको८०% कृषि मै निर्भर रहेको । मल/विऊ/विजन/बजारको अभावको कारण कृषिबाट वाञ्छित उपलब्धि हासिल हुन नसकेको अवस्था रहेको ।

कृषिका अतिरिक्त यो जिल्लाबाट अत्याधिक संख्यामा युवाहरु बैदेशिक रोजगारमा गई उनीहरुले पठाएको रेमिट्यान्सबाट जिल्लाको अर्थतन्त्रमा ठूलो मात्रामा टेवा पुग्दै आएको । यसका अलावा व्यापार, उद्योग, नोकरी, मजदुरी लगायतका क्षेत्रहरु आर्थिक उपार्जनका मुख्य श्रोतहरु रहेका । तथापि जिल्लामा श्रम बजारमा जान योग्य शक्तिलाई पर्याप्त हुने गरी रोजगार दिन सक्ने उद्योग कलकारखाना, व्यवसायिक कृषि र पर्यटन एवं सेवाका क्षेत्रहरु नरहेकोले युवाहरुमा नैराश्यता उत्पन्न भई राजनीतिक दलका कार्यकर्ता‚ शसस्त्र समुहका सदस्य, लागु औषध एवं मादक पदार्थका दुर्व्यसनी हुने क्रम  बढ्दै गएको    पाइएको । जिल्लाको कुल जनसंख्याको करिव ४०% गरिवीको रेखामुनि रहेको कारण अधिकांश क्षेत्रमा समस्या रहेको  ।

 

.    माजिक स्थिति :

समग्रमा मध्यमस्तरको समाज रहेको यस जिल्लामा जातिय छुवाछुत, अन्ध विश्वास र रुढीवादी परम्परा कायम रहेको । समाजमा पद, प्रतिष्ठा र आर्थिक हैसियत राम्रो हुनेले तल्लो तहको नागरिकसँग सम्मान र प्रेमपूर्वक व्यवहार प्रदर्शनमा कन्जुस्याई गर्ने गरेको । समाजमा हुने दैनिक घटनालाई सरल तौर तरिकाले समाधान गर्ने भन्दा घटनालाई अतिरन्जित र भयावह रुपमा प्रस्तुत गरी समस्या बढाउने र घटनालाई राजनीतिक मोड तर्फ लाने प्रयास हुने गरेको ।

            शैक्षिक स्तर र सार्वजनिक सेवाका क्षेत्रहरुमा जिल्लाको तुलनात्मक सहभागिता उच्च रहेको भएता पनि त्यस्तो जनशक्ति अनुकुलता अनुसार विराटनगर, जनकपुर, काठमाडौं, सुनसरी लगायतका क्षेत्रमा स्थानान्तरण हुने क्रम तीव्र रहेको । आपसी सदभाव र भाइचाराको न्यूनताका कारण मुद्दा मामिलामा अग्रणी रहेकोले यस जिल्लामा मुद्दाको संख्या समेत उच्च रहेको ।

            मधेशी जनताको हक अधिकार र विभेदको बिरुद्ध विगतमा भएका मधेस आन्दोलनहरुका क्रममा भएका कतिपय सांप्रदायिक सद्भाव खल्वलिने क्रियाकलाप नजिकबाट हेरेका जिल्ला सदरमुकाम राजविराज, हनुमाननगर, नर्घो जस्ता स्थानमा रहेका पहाडी मुलका वासिन्दाहरु आफूलाई असुरक्षित महसुस गरी जन्मथलोबाट अन्यत्रै पलायन भएका कारण जिल्लाको राजमार्ग दक्षिणी क्षेत्रमा मिश्रित समाज नरहेको । हाल एकल जातिय समाज रहेकोले अन्तर जातिय घुलनबाट प्राप्त हुने देखासिकि, प्रतिस्पर्धा  र त्यसबाट हुने उन्नतिमा कमि आउदै गएको । । पहाडी समुदायको बासोवास  न्यून रहेको  र तीन तहको निर्वाचन भई सरकार निर्माण पश्चात पनि आफूलाई पूर्ण रुपले सुरक्षित ठानी नसकेको । वर्तमान समयमा जातिय सद्भाव खलवलिने सांप्रदायिक घटनाहरु नभएतापनि दुई समुदाय बिचको विश्वासमा अझै संकट कायम रहेको ।

     मुलधारका राजनीतिक दलहरुभन्दा क्षेत्रिय मधेसवादी दलहरुको वर्चश्व कायम रहेको । मधेसी समुदाय भित्रै पनि संख्यात्मक, आर्थिक र सामाजिक रुपले माथि रहेको यादव समुदायले अन्य समुदाय प्रति गर्ने व्यवहारमा असन्तुष्टी देखिएको


Last Updated : 2083-03-26 10:38:12

© All Rights Reserved to District Administration Office, Saptari