नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
सप्तरी


  जिल्ला प्रशासन कार्यालय, सप्तरी

"निजामती कर्मचारीको प्रतिवद्धता : पारदर्शिता र चुस्तता"

परिचय


जिल्लाको शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने गरी स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम वि.सं. २०२८ सालमा जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन भए अनुरुप प्रत्येक जिल्लामा एक प्रशासकीय अधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था भएको हो । स्थानीय प्रशासन ऐन, २०२८ प्रारम्भ भएपछि प्र.जि.अ. को काम कर्तव्य र अधिकार कानुनी रुपमा व्यवस्थित गरिएको छ ।

जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ धन र स्वतन्त्रताको संरक्षण गर्नु" स्थानीय प्रशासनको मुख्य उद्देश्य हो । जिल्ला प्रशासनलाई सबल र सक्षम बनाई जनतामा सुरक्षाको अनुभूति दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाइ सुशासन कायम गर्न आफ्नो मातहतका कारागार कार्यालय, सुरक्षा निकायका रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत जिल्ला स्थित कार्यालय लगायतका स्थानीय तहका निकायहरु क्रियाशील रहेका छन् ।

दृष्टिकोण
नेपालको प्रचलित संविधान तथा कानुनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई सम्मान गर्ने गरी कार्य गर्नु गृह प्रशासनको दृष्टिकोण भए अनुरुप सोही दृष्टिकोण पूरा गर्न जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो ।

लक्ष्य
जिल्लामा जनताको माग र आधारभूत आवश्यकता अनुरुप स्थानीय प्रशासनलाई सञ्चालन गरी जिल्लामा भरपर्दो शान्ति व्यवस्था र सुरक्षा प्रदान गर्नु समेत यस कार्यालयको लक्ष्य रहेको छ ।

उद्देश्य
जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको स‌ंरक्षण गर्नु यस कार्यालयको मूलभूत उद्देश्य हो ।

  • नागरिकता सम्बन्धी जानकारी सम्बन्धमा । २०७५-४-२०

    मितिः २०७५/०४/२०   विषयः जानकारी सम्बन्धमा ।           प्रस्तुत विषयमा गृह मन्त्रालय नागरिकता तथा राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखाको च.नं. १२६ मिति २०७५/०४/२० को पत्र मार्फत जन्मको आधारमा नागरिकता प्राप्त नागरिकको सन्तानको नागरिकता सम्बन्धमा तपसील बमोजिम लेखि आएको हुँदा सरोकारवाला सवैमा जानकारीको लागि सूचित गरिन्छ । तपसीलः           नेपाल नागरिकता ऐन, २०६३ बमोजिम जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका वालिग सन्तानले नेपालको नागरिकता प्राप्त गर्न नसेको तथ्य प्रति नेपला सरकार संवेदनशील छ । नेपालको संविधानले दिएको नेपाली नागरिकला नागरिकता प्राप्त गर्ने हकको कार्यान्वयनमा नेपाल सरकार प्रतिवद्ध रहेको छ । नेपालको नागरिकता सम्बन्धी विषय नेपालको संविधान बमोजिम संघीय कानूनले निर्धारण गरे…

  • संस्था दर्ता सम्बन्धी अत्यन्त जरुरी सुचना २०७५-४-८

    जिल्ला प्रशासन कार्यालयको, संस्था दर्ता सम्बन्धी अत्यन्त जरुरी सुचना  डाउनलोड गर्न तलको डाउनलोड लिङ्कमा क्लिक गर्नुहोला ।

  • जनकपुरमा सूचना प्रविधि सम्बन्धी ४ दिने तालिम २०७५-३-१९

    गृह मन्त्रालायद्वारा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा एकीकृत सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको लागि ४ दिने सूचना प्रविधि सम्बन्धी तालिम कार्याक्रम सञ्चलानमा रहेको ।

  • राहदानी वितरण सम्बन्धमा --

    राहदानीका सेवाग्राहीहरुमा जानकारी - मिति 2074-11-21 सम्ममा यस कार्यालयमा राजश्व बुझाई एम‍.अार.पि. काे लागि अावेदन गर्नुभएका सेवाग्राहीहरुकाे एम.अार.पी. तयार भएर अाइसकेकाे र वितरण कार्य भैरहेकाे जानकारी गराइन्छ ।

  • जनकपुरमा सूचना प्रविधि सम्बन्धी ४ दिने तालिम २०७५-३-१९

    जनकपुरमा सूचना प्रविधि सम्बन्धी ४ दिने तालिम

  • सवारी साधन खरिद गर्ने सम्बन्धमा २०७५-२-१

    सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना पत्र प्राप्त गर्न यस सूचनामा संलग्न गरिएको फायल डाउनलोड गर्नुहोला ... 

  • जानकारी सम्बन्धमा । --

    यस जिल्लाकाे बाेदे बर्साइन नगरपालिकाकाे बाेदे बर्साइनमा मिति 2073/03/15 गते देखि इलाका प्रशासन कार्यालयकाे स्थापना भई कार्य सन्चालन भैरहेकाे छ । उक्त इलाका प्रशासन कार्यालयकाे क्षेत्राधिकार साविकका निम्न गा.वि.स.हरु रहने गरी ताेकिएकाे व्यहाेरा सम्बन्धित सबैमा सूचित गरिन्छ । निम्न - 1. बाेदे बर्साइन 2. बेल्ही 3. माैवाहा 4. मल्हनिया 5. पटेर्वा 6. टिकुलिया 7. रामनगर 8. राैतहट 9. फूलकाही 10. सारश्वर 11. धनगढी 12. सिस्वा वेल्ही 13. नेगडा 14. ईनर्वा फूलवडिया 15. बनाैली 16. बनाैला 17. मानराजा 18. खडगपुर 19. काचन 20. देउरी 21. तरही 22. कविलासा

  • राहदानि अाएको बुझ्ने तरिका। २०७३-७-७

    यदि तपाइले MRP को लागि अाबेदन दिनुभएको छ र MRP तयार भै अाए नअाएको बुझ्न चाहनुहुन्छभने NTC को कुनैपनि फोनबाट १६१८०३१५२०१७४ मा सिधा डायल गरी यस कार्यालयको नोटिसबोर्ड सेवाबाट बुझ्न सक्नुहुन्छ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय